तथ्यांकमा भारतविरुद्ध इंगल्यान्ड
काठमाडौँ: भर्खरै सम्पन्न चार टेस्ट सम्मिलित श्रृङ्खलामा विजयी भारतले फेरि इंगल्यान्डको सामना गर्दैछ । इंग्लिस टोलीलाई हराउँदा आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेश गरेको भारतीय क्रिकेट टिमले सोही प्रतिद्वन्द्वीलाई नरेद्र मोदी रंगशालामा आतिथ्यता प्रदान गर्नेछ । जहाँ पाँच टि-ट्वान्टी खेल हुनेछन् । त्यसमध्ये पहिलो खेल शुक्रबार हुनेछ ।
वरियता र कुल खेल
टि–ट्वान्टीको वरियतामा पहिलो स्थानमा इंगल्यान्ड रहेको छ भने तेस्रो स्थानमा भारत छ । दुई टिम १४ टि–ट्वान्टी खेलमा आमनेसामने भएका छन् । जसमा दुवै टिम सात–सात खेलमा विजयी भएका छन् ।
कुल रन
भारतले इंगल्यान्डविरुद्व पहिलो पटक टि–ट्वान्टी सन् २००७ मा खेलेको थियो । जसमा भारतीय टिमले दुई सय १८ रन बनाएको थियो । भारत र इंगल्यान्डबिचको टि–ट्वान्टीमा सोही योगफल अहिलेसम्मकै ठूलो हो । त्यसैगरी दुई टिमबिचको खेलमा सबैभन्दा कम योगफल बनाउने कीर्तिमान भने इंगल्यान्डको नाममा रहेको छ । सन् २०१२ मा भएको खेलमा इंगल्यान्डले मात्र ८० रन बनाएको थियो ।
सर्वाधिक रन तथा विकेट
सर्वाधिक रन बनाउने खेलाडीको सूचीको अग्रस्थानमा भने भारतीय कप्तान विराट कोहली छन् । उनले कुल तीन सय ४६ रन बनाएका छन् । त्यस्तै सर्वाधिक विकेट लिने खेलाडीमा पनि भारतकै युजभेन्द्र चाहल रहेका छन् । उनले छ खेलमा नौ विकेट लिएका छन् । त्यस्तै, इंगल्यान्डका जेड डेर्नबाचले पाँच खेलमा सात विकेट लिएका छन् ।
शतक
भारत र इंगल्यान्डबिचको टि–ट्वान्टीमा शतक प्रहार गर्ने जम्मा दुई खेलाडी छन् । दुबै भारतीय, केएल राहुल र रोहित शर्मा । राहुलले सन् २०१८ को जुलाई ३ मा म्यानचेस्टरमा भएको खेलम शतक प्रहार गरेका थिए । उनले त्यस खेलमा एक सय एक रन बनाएका थिए । शार्मले पनि इंगल्यानठमै घरेलु टिमविरुद्ध शतक बनाएका थिए । सन् २०१८ को जुलाई ८ मा शर्माले भारतलाई सात विकेटको जित दिलाउन अविजित एक सय रनको योगदान गरेका थिए । याहु क्रिकेटको सहयोगमा तयार पारिएको
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया