खेलकुद

पुलिसले जित्यो मेयर कप क्रिकेटको उपाधि

इकागज |
फागुन २९, २०७७ शनिबार १४:५१ बजे

काठमडौँ: नेपाल पुलिस क्लबले शनिबार काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई आठ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।  

मेयर कपको उपाधि उचालेसँगै पुलिसले पाँच लाख नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता एपिएफले तीन लाख हात पार्‍यो । 


कीर्तिपुरस्थित त्रिभुवन विश्‍वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले टस जित्दै २९.४ ओभरमा एक सय पाँच रन बनायो । जवाफमा पुलिसले २४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । 

पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित रहँदै अर्धशतक प्रहार गरे । ८२ बलको सामना गर्दै सुनिलले दुई छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । त्यस्तै अर्का ओपनर कुशल भुर्तेल र अनिल साहले समान १५-१५ रन जोडे । अनि दिपेन्द्र सिंह ऐरीको नाममा ११ रन रह्यो । एपीएफका अविनाश बोहोरा र भुवन कार्काीले एक-एक विकेट लिए । 

उता एपीएफका लागि बसन्त रेग्मीले बनाएको २२ रन नै पराजित टिमका लागि सर्वाधिक स्कोर रह्यो । मध्यक्रमका भुवनले १४ रन जोडे भने सन्दिप जोरा र अमर रौतेलाले १८-१८ रनको योगदान गरे । त्यसअघि ओपनरद्वय शंकर राना र आसिफ शेखले एपीएफलाई खराब सुरुवात दिलाए । शंकर चार बनाएर पभेलियन फर्कदा आशिफ शन्यमा आउट भए । 

बलिङतर्फ पुलिसका गुल्सन झा र सागर ढकालले चार-चार विकेट लिए । त्यस्तै पवन सर्राफ र ललित राजवंशीले एक-एक विकेट हात पारे ।  

 
 


Author

थप समाचार
x