खेलकुद

ग्रेट हिमालयलाई नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेटकाे उपाधि

इकागज |
फागुन २९, २०७७ शनिबार १५:१ बजे

काठमाडौं: नेपाल-पाकिस्तान फ्रेन्डसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ । धुम्बाराहीस्थित पाकिस्तानी दुतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले हराएर ग्रेट हिमालयले छैटौँ संस्करणको उपाधि हात पारेको हो । 

टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै २ सय २० रनको बिशाल लक्ष्य प्रस्तुत गरेको थियो । उसको लागि हेमन्त श्रीवास्तबले शतकीय इनिङ्स खेले । उनले १०६ रन बनाए । यस्तै अशोक पौडेलले ३६ रन बनाए । एन्जल्सको लागि श्याम त्रिपाठीले ४ तथा बिपिन न्यौपानेले ३ विकेट लिए । 


ग्रेट हिमालयले दिएको २ सय २१ रनको विशाल लक्ष्य सहित जवाफी ब्याटिङ गरेको एन्जल्स १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । उसको लागि दिनेश पुनले सर्बाधिक २१ रन बनाए । यस्तै बिबेक न्यौपानेले १७ रन मात्रै बनाए । ग्रेट हिमालयको लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३ विकेट लिए ।


Author

थप समाचार
x