खेलकुद

शतक बनाउन ४ रन बाँकी हुँदा बोल्डआउट

शतक-बनाउन-४-रन-बाँकी-हुँदा

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

काठमाडौँ : भारतीय क्रिकेट टिमका भविष्य मानिएका रिषभ पन्त श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा ९६ रनमा आउट भएका छन् । श्रीलंकाविरुद्ध शानदार पारी खेलेका पन्तले आक्रामक खेल्दै शतक नजिक पुगेका थिए ।

९७ बलमा ९ चौका र ४ छक्का प्रहार गरेर ९६ रन जोडेर चौका हान्दै शतक बनाउन खोजिरहेका थिए । तर सुरंगा लकमालले उनलाई बोल्ड आउट गरिदिए । त्यसअघिको बलमा लकमालले पन्तलाई एलबीडब्लु धरापमा पार्न खोजेका थिए ।

तर रिभ्यू हेर्दा पनि पन्त जोगिएका थिए । अर्को बलमा लकमालले क्लिनबोल्ड गरेपछि शतक बनाउने रिषभको सपना चकनाचुर बन्यो । दर्शक पनि निराश बने । यस्तै हुनमा बिहारीले ५८ रन जोडे । आफ्नो करियरको १०० औँ टेस्ट खेलिरहेका विराट कोहलीले ४५ रन जोड्दा रवीन्द्र जडेजाले पनि नटआउट ४५ रन बनाएका छन् । त्यसबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् । मोहलीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३५७ रन बनाएको छ ।

श्रीलंकाका लासिथ एम्बाल्डिनियाले दुई विकेट लिएका छन् । भारत भ्रमणमा रहेको श्रीलंकाले तीन खेलको टेस्ट सिरिज खेल्नेछ ।



Author

थप समाचार
x