आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली टोलीको बिदाई
आईसीसी-विश्वकप-क्रिकेट-ल
काठमाडौं–युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टिमको विदाइ गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टिमलाई बिदाई गरे। नेपाली टिम तत्काल भने श्रीलंकामा केही अभ्यास खेलका लागि प्रस्थान गर्नेछ । नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम रहेको छ ।
त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । बिदाई कार्यक्रममा मन्त्री गहतराजले खेल क्षेत्रको बिकासका लागि सरकार गम्भीर भएर लागिरहेको बताए। उनले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने बिधा खेल क्षेत्र नै भएको भन्दै यस क्षेत्रलाई बलियो बनाउदै अघि बढ्ने धारणा राखे ।
त्यस्तै नेपाली राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेले नेपाली टिमले राम्रो तयारी गरेको जानकारी दिए । यसअघि देखिएका कमी र कमजोरीलाई पनि सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए।
नेपाली टिमले श्रीलंकामा चार वटा अभ्यास खेल खेल्ने छ । त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्ने छ । युएईमा नेपालले घरेलु टिम र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । लिगमा टु मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया