खेलकुद

नारी दिवसको अवसरमा ठमेलको ‘एलओडी’ मा महिला बक्सिङ हुँदै

नारी-दिवस-अवसरमा-ठमेलको-ए

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:१ बजे

काठमाडौँ – अन्तर्राष्‍ट्रिय ‘११२ औँ नारी दिवस’ को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना हुने भएको छ । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनमा संयुक्त आयोनामा आगामी मंगलबार २४ गते एलओडीमा बक्सिङ खेल हुने भएको हो ।

प्रतियोगितामा विभिन्न तौल समूह गरी कुल १४ जना खेलाडी सहभागी हुने भएका छन् । ४९ केजी देखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी हुने भएका हुन् । उक्त खेलमा कार्यक्रम प्रोडयुसर सुरज सिंह ठकुरीले होस्ट गर्ने छन् ।

उक्त दिन खेलाडीहरू प्रतिष्‍ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी हुनेछन् ।

नारी सशक्तिकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक रविन श्रेष्‍ठले बताए । महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन यस्ता कार्यक्रमले थप बल पुग्ने उनले विश्वास व्यक्त गरे ।

‘सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्य गर्न हामी जस्ता सामाजिक संघ संस्थाहरूले प्रोत्साहन गर्नुपर्छ,’ निर्देशक श्रेष्‍ठले भने,’ विभिन्न खालका कूरीति अन्त्यका गर्न शिक्षा, सचेतना, कानूनी एवं व्यावहारिकरुपमा प्रभावकारी कदम उठाउनुपर्छ ।’

उनको रात्रीकालीन जीवनमा रमाउन चाहने महिलाहरूलाई सुरक्षाको प्रत्याभुत गराइरहेको दाबी छ । क्लबमा महिलाको सुरक्षा पहिलो दायित्त्व अन्तर्गत रहेको उनले बताए । पुरुष जस्तै महिला पनि साहसी र सक्षम हुन्छन,’ उनले थपे,’ महिलालाई कमजोर सम्झनु हुन्न् । महिलाले अवसर पाएमा पुरुष गरिरहेको काम गर्न सक्छन् ।’

गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको दुखेसो व्यक्त गरे । त्यसैगरी अर्का आयोजक बक्समान्डुका सन्दिप श्रेष्‍ठले नारी दिवसमा महिलाहरूलाई पुरुषले खेल्‍ने खेल महिलाले पनि खेल्न सक्ने तथा महिला र पुरुष बराबर रहेको सन्देश प्रदान गर्न आयोजना गरिएको बताए ।

महिलाहरूलाई साहसी खेलाइ विभिन्न राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय खेल मञ्चमा पुर्‍याउन सहयोग पुग्ने उनको विश्‍वास छ । महिलाहरूलाई खेलकुदमा सहभागी गराउदा उनीहरूमा आत्मविश्‍वासको विकास हुने उनको ठहर छ ।

उनले महिलाहरूलाई बक्सिङमा आकर्षित गराउन बक्समान्डु जीममा सहभागी गराउन थालेका हुन् । श्रेष्‍ठले भने,’ साफ च्याम्पियनसिपमा मिनु गुरुङले गोल्ड मेडल जितेकोले यस्तो कार्यक्रम गर्न थप प्रेरणा प्राप्‍त पाएको हुँ । महिला बक्सिङलाई उजागर गर्न टीम मिलेर वी बक्स स्थापना गरिएको हो ।’

महिला बक्सिङलाई प्रोत्साह गर्न नेपाल बक्सिङ एशोसिएसन सहयोगमा नारी दिवसको अवसरमा आयोजनागर्न लागिएको हो । उनको ‘फिटनेस’ मा सानोदेखि रुची रहेको थियो । उनले बक्सिङमा पूर्ण रुपमा समय दिएको पाँच वर्ष भयो ।

उनलाई अहिले लाग्छ,’ बक्सिङको बारेमा सोच्दा बक्सिङको लागि जन्मेको रहेछु । यहीँ खेलमा अभ्यास गर्दागर्दै साथीभाइहरूको हौसलाले यसलाई निरन्तरता दिइ रहेको छु ।’

गत वर्ष पनि ‘वी बक्सले’ बक्सिङ आयोजना गरेको थियो । सुरज सिंह ठकुरी र अनुपविक्रम शाहीको सहयोग लिएर उनले आयोजना गरेका थिए ।



Author

थप समाचार
x