मुलरको आत्माघाति गोलमा बायर्न रोकियो
मुलरको-आत्माघाति-गोलमा-ब
काठमाडौँ – अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदानमा खेलको १८औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न १-१ गोलको बराबरीमा रोकिएको हो ।
बराबरीसँगै बायर्नले २५ खेलमा ५९ अंक जोडेको छ । लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया