खेलकुद

कार्लोस टेभेज

म्यानचेस्टर सिटीको नयाँ यात्रा र कप्तान टेभेज

इकागज |
कात्तिक २१, २०७७ शुक्रबार ६:४४ बजे

सर एलेक्स फर्गुसनले धेरै वर्षसम्म म्यानचेस्टर सहर कै अर्को क्लब म्यानचेस्टर सिटीका बारेमा टाउको दुखाउनु परेन । म्यानचेस्टर युनाइटेडले सन् १९९० र २००० को दशकमा इग्ंल्यान्ड र युरोपियन क्लब फुटबलका उपाधीमाथि दाबेदारी प्रस्तुत गर्दैगर्दा सिटीको ध्यान भने पहिलो श्रेणीमा आफुलाई कसरी टिकाउने भन्ने मै थियो ।

शेख मन्सुरको लगानीसँगै, सिटीले आफुलाई परिवर्तन गर्‍यो । पूर्वी म्यानचेस्टरमा उसले ठूला स्टार भित्र्याउनेदेखि क्लबको पूर्वाधार स्तरउन्नती सम्मका काम गर्‍यो । अर्को शब्दमा, सिटी युरोपियन क्लब फुटबलको उपल्लो श्रेणीको राडरमा देखा पर्ने अवस्था बन्यो ।


सिटीको स्वामित्व संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री मन्सुरको हातमा पुगेपछि विश्व फुटबलमा स्थापित नामलाई भित्र्याउने कार्यको थालनी भयो । क्लबको स्वामित्व युएई पुगेकै दिन, ब्राजिलियन स्टार रोबिन्हो पूर्वी म्यानचेस्टर आइपुगे । उनलाई नयाँ स्वरूर्पको सिटीले रियल म्याड्रिडबाट ३२ दशमलव ५ मिलियन पाउन्डमा खरिद गर्‍यो । रोबिन्होले सिटीमा नयाँ युगको थालनीमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरियो । उनको सिटी आगमनले सर्मथकहरूमा उत्साह ल्यायो । तर रोबिन्होले क्लबका लागि अपेक्षा गरे अनुसारको सफलता दिलाउन सकेनन् ।

अन्ततः रोबिन्हो सिटीमा टिकेनन् । २००८-०९ सिजनका केही खेलमा राम्रो खेल्ने बाहेक उनले सिटीमा उल्लेख्य केही गर्न पनि सकेनन् । सिटीको लागि रोबिन्हो पहिलो गासमै ढुङगा साबित भए । तर, सिटीका नयाँ मालिकहरूले स्टार खेलाडी किन्ने आफ्नो चाहानालाई तिलाञ्जली दिएनन् । फलतः अर्को वर्ष कार्लोस टेभेज सिटी आइपुगे । जो वास्तबमै सिटीको परिवर्तनको यात्राको कप्तानका रूपमा देखा परे ।

टेभेज सिटी आइपुग्नु अघि वेस्टह्यामबाट युनाइटेडमा दुई वर्षका लागि ऋणमा थिए । युनाईटेडले टेभेजलाई स्थायीरूपमा क्लबमा राख्न नखोजेको होईन । तर युनाइटेड र टेभेजका प्रतिनिधिहरूबीचको कुराकानीले मुर्तरूप लिएन । टेभेजको सिटी तर्फको स्थान्तरणलाई युनाइटेडका सर्मथकहरूले बलियो खेलाडी गुमाएको रूर्पमा हेर्न चाहेनन् । तर तीनै सर्मथकहरूले महिनौ सम्म ओल्ड ट्रार्फोडमा 'टेभेजलाई अनुबन्धन गर' भन्दै नारा लगाउदै थिए ।

'सिटी सानो क्लब हो । उसको मानसिकता पनि सानै छ । उसले युनाइटेडमा खेलिरहेका टेभेजलाई अनुबन्धन गरेर ठुलो सफलता हासिल गरे भन्ठानेको छ । तर टेभेजले युनाइटेड छाड्नाले हाम्रो टीमलाई केही असर गर्दैन,' फर्गुसनले त्यतिबेला प्रतिक्रिया दिएका थिए ।

सिटीले टेभेज जत्तिको स्तरिय खेलाडीलाई खरिद गरिसकेपछि उत्साहित बन्यो । त्यसैले होला उसले टेभेजलाई म्यानचेस्टरमा स्वागत छ भनेर लेखेको बोर्ड सहरमा राखन भ्यायो । तर सिटीको यस्तो बिज्ञापनलाई त्यती रुचाइएन नै । युनाइटेडका प्रशिक्ष फर्गुसनलाई पनि हैरान बनायो ।

'सिटी सानो क्लब हो । उसको मानसिकता पनि सानै छ । उसले युनाइटेडमा खेलिरहेका टेभेजलाई अनुबन्धन गरेर ठुलो सफलता हासिल गरे भन्ठानेको छ । तर टेभेजले युनाइटेड छाड्नाले हाम्रो टीमलाई केही असर गर्दैन,' फर्गुसनले त्यतिबेला प्रतिक्रिया दिएका थिए । तर टेभेज खरिद सिटीका लागि ठुलो सफलता थियो । फर्गुसनले जति सुकै इन्कार गरेको भए पनि । टेभेजको आगमनले सिटीमा बास्तबिक परिवर्तनको महसुस गरिन थाल्यो । टेभेजले सिटीलाई मिडटेबल क्लबबाट च्याम्पियन्स लिग छनौटका लागि प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्‍याए । भलै टेभेजको पहिलो सिजन २००९-१० मा सिटी लिगमा चौथो स्थानको प्रतिस्पर्धामा टोटनहमसँग पछि पर्दै च्याम्पियन्स लिगका लागि छनौट हुन सकेन, पूर्वी म्यानचेस्टर क्लबका लागि पाचौ स्थान सानो सफलता थिएन ।

सिटीको भाग्यउदयमा टेभेजको भुमिका बलियो रह्यो । सिटीमा अनुबन्धित हुदै गर्दा उनले क्लबको प्रिसिजन तयारीमा भाग लिन पाएनन् । उनलाई अनुबन्धन गर्ने मार्क ह्युजलाई इटालियन प्रशिक्षक रोर्बटो मान्सिनीले प्रतिस्थापन गरे । गोलमा लागि टेभेजमाथि बढी नै भर परे पनि सिटीले मान्सिनीको नेतृत्वमा सुन्दर फुटबल खेल्यो ।

अर्जेन्टिनियन स्ट्राइकरको सिटी बसाइ ढुक्कको भने रहन सकेन । उनले बेलाबेलामा सिटी छाड्ने मनसाय ब्यत्त गरिरहे । तर टीममा उनको महत्व ठूलो थियो । अनि भुमिका पनि । त्यसकारण सिटी प्रशासन र प्रशिक्षक मान्सिनी टेभेजलाई गुमाउन चाहादैन थिए । भिन्सेन्ट कम्पनी जस्ता खेलाडी टीममा हुदाँहुदै टेभेजलाई नै कप्तान बनाइएको थियो । त्यसो त टेभेजले मैदानमा सधै नेतृत्वदायी प्रर्दशन गरिनैरहे । टेभेज सिटीमा मेहेनेती खेलाडीका रूपमा परिचित थिए । उनी खेलमा पहिलो मिनेटदेखि अन्त्य सम्म नै उत्तिकै साहास र उर्जावान देखिन्थे । प्रिमियर लिगमा त्यो बेला टेभेज जस्तो बल चेजिङ स्ट्राइकर अर्को कोही थिएन । आवश्यकता पर्दा उनी रक्षापंतीलाई होस या मिडफिल्डलाई, सहयोग गरिहेकै हुन्थे । टीमले बल गुमाएको खण्डमा, उनी मैदानमा झन नै मेहेनती खेलाडीका रूपमा प्रस्तुत हुन्थे ।

गोल गर्ने क्षमताका हिसाबमा उनलाई अर्का अर्जेन्टिनियन स्ट्राइकर सर्जियो अग्वेरोसँग तुलना गर्ने गरिन्थ्यो । तर उनी अग्वेरो भन्दा बढी मेहेनती थिए । उनी जस्तो मेहेनती स्ट्राइकर सिटी सर्मथकहरूले आफ्नो क्लबमा देखेकै थिएनन् । शायद भविष्यमा पनि देख्ने छैनन् ।

२०१०-११ सिजन सिटीमा डेभिड सिल्भा र याया टुरे जस्ता मिडफिल्डर टेभेजसँग जोडिन आइपुगे । यी दुई मिडफिल्डरको साथ र सहयोगमा टेभेज झन खतरनाक स्ट्राइकरका रूपमा देखिन थाले । उनको गोल संख्यामा बढोत्तरी भयो । साथै सिटी, प्रिमियर लिगमा शत्तिशाली टीमका रूपमा स्थापित भयो । हरेक हप्ता फेन्टासी फुटबल खेल्ने प्रिमियर लिग सर्मथकहरूका लागि टेभेज प्रिय नाम बन्यो । यस्तो सम्म अवस्था आयो की, टेभेजले सिटीका लागि गोल या एसिस्टको योगदान नगरेको खेल नै हुदैन थियो ।

टेभेजको सिटीका लागि प्रत्येक हप्ताको प्रर्दशनले युनाइटेडका सर्मथकहरूलाई गिज्याइरहेको जस्तो देखिन्थ्यो । जसले टेभेजको युनाइटेड बर्हिगमनलाई सहज रूपमा लिएका थिए । त्यसो त २०१०-११ को प्रिमियर लिग युनाइटेडले जित्यो । तर टेभेज र सिटीका लागि पनि त्यो सजिन सम्झन लायकको रह्यो । सिटीले लिगमा तेस्रो स्थान हात पार्‍यो भने साथमा एफए कपको उपाधी माथि कब्जा जमायो । एफए कप सिटीका लागि ३५ वर्षमा पहिलो उपाधी थियो । टेभेजका लागि ब्यक्तिगत रूपमा त्यो सिजन सफल रह्यो । उनले लङ रेन्जदेखि हेडर गोलसम्म गर्न भ्याए । उनी युनाइटेडका डिमिएटर बर्बाटोभसँगै लिगको सर्बोच्च गोलकर्ता बने । 

टेभेज त्यस सिजन लिभरपुलविरुद्वको खेलमा घाइते भए । एफए कपको सेमिफाइनलमा आफ्नो पूर्व क्लब युनाइटेडसँगको खेल उनले गुमाउने भए । उनको अनुपस्थितीमा सिटी कमजोर त बन्ने नै भयो । त्यस खेलका लागि उता युनाइटेडका प्रभावशाली खेलाडी वायन रुनी पनि निलम्बित थिए । त्यसबखत सिटीका लागि टेभेज र युनाइटेडका लागि रुनी मध्ये को महत्वपूर्ण भन्ने बहस नै भएको देखियो । टेभेजको अनुपस्थितीमा टुरेले प्रभावशाली प्रर्दशन गर्दै सिटीलाई वेम्बलीमा युनाइटेड बिरुद्धको खेलमा जित दिलाए ।

टेभजको सिटी बसाइलाई दुई तरिकाले हेर्न सकिन्छ । उनको मैदानभित्र र मैदान बाहिरको भुमिकाका आधारमा । मैदान भित्र उनको प्रर्दशन सधै शसक्त रह्यो । अंक तालिकाको बीच तिर रुमलिरहेको सिटीलाई इंग्लिस फुटबलमो शक्तिका रूर्पमा स्थापित गर्न टेभेजको महत्वपुर्ण भुमिका रह्यो । तर मैदान बाहिर उनी विवादित रहे । विशेषगरी उनको मान्सिनीसँगको सम्बन्धमा धेरै उतारचढाब आयो ।

शायद, शेख मन्सुरले स्वामित्व लिइसकेपछिको सिटीका लागि अग्वेरो सवार्धिक सफल स्ट्राइकरका रूपमा रहनेछन् । तर सिटीलाई आजको स्थानसम्म आइपुग्न टेभेजले गरेको योगदानलाई भुल्न सकिदैन ।

सन् २०११ को बार्यन म्युनिखविरुद्धको च्याम्पियन्स लिगको खेलमा उनको र मान्सिनीबीचको खराब सम्बन्ध छरपस्ट भयो । खेलको बीचतिर मान्सिनीले टेभेजलाई मैदानमा पठाउने भए । त्यसका लागि उनले टेभेजलाई ‘वार्मअप’ गर्न भने । तर टेभेजले इन्कार गरे । त्यस घटनामा सर्मथकहरूले मान्सिनीलाई नै सर्मथन गरे । अवस्था कती सम्म बिग्रियो भने, सिटी सर्मथकहरूले टेभेज आउट लेखेको ब्यानर नै प्रर्दशन गरे । टेभेजले अन्नततः सिटी छाडे । तर सौर्हादपूर्बक । 

च्याम्पियन्स लिगको घटनापछि सिटीका धेरैजसो सर्मथकहरूले टेभेजलाई क्लबको जर्सीमा देख्न चाहेनन् । त्यस घटनापछि टेभेज अर्जेन्टिना हानिए । जहाँ उनी करिब पाँच महिना रहे । त्यसपछि टेभेज सिटी फर्किए । सर्मथकहरू र प्रशिक्षकसँग माफी मागे । २०११-१२ सिजनको चेल्सी बिरुद्धको खेलबाट टेभेजले सिटीको जर्सीमा पुनरागमन गरे । सामिर नासरीलाई गोलका लागि एसिस्ट गरे । खेल सिटीले २-१ ले जित्यो । प्रिमियर लिगका बाँकी ६ खेलमा पनि टेभेज देखिए । युनाइटेडलाई आठ अंकले पछी पार्दै सिटीले प्रिमियर लिग जित्यो । जसमा टेभेजको भुमिका नजरअन्दाज गर्न नसकिने खाल्को थियो ।

सिजनको बीचमा अर्जेन्टिनामा रहदाँ टेभेजले गल्फ खेलिरहेको फोटो बेलायती मिडियामा देखिएको थियो । सिटी फर्किसकेपछि टेभेजले नर्विच सिटी बिरुद्धको खेलमा ह्याट्रिक गरे । गोलको खुशियाली मनाउने क्रममा उनले गल्फ खेलेको अभिनय गरे । शायद उनी बेलायती मिडियामा प्रकाशित फोटोमा सत्यता रहेको भन्ने सन्देश दिन चाहान्थे ।

टेभेजले सिटीका लागि २०१२-१३ सिजन पनि खेले । जुन सिजन उनको र प्रशिक्षक मान्सिनी दुबैका लागि क्लबमा अन्तिम थियो । सिजनको अन्त्यमा टेभेज युभेन्टस लागे । इटालियन क्लबले टेभेजको स्थान्तरणका लागि सिटीलाई १० मिलियन तिर्‍यो । खेलाडीको स्तर हेरेर त्यो स्थान्तरण नगण्य थियो । युभेन्टसले सानो रकममा ठूलो खेलाडी भित्र्याउँदै थियो ।

टेभेजले सिटीमा १ सय ४८ खेल खेल्दै ७३ गोल गरे । सिटीका लागि सर्बाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा उनी पाँचौ स्थानमा छन् । अर्का अर्जेन्टिनियन फर्वाड अग्वेरो त्यस सूचीको अग्रस्थानमा छन् । जसले क्लबका लागि ३ सय ७३ खेलमा २ सय ५५ गोल गरिकेका छन् । शायद, शेख मन्सुरले स्वामित्व लिइसकेपछिको सिटीका लागि अग्वेरो सवार्धिक सफल स्ट्राइकरका रूपमा रहनेछन् । तर सिटीलाई आजको स्थानसम्म आइपुग्न टेभेजले गरेको योगदानलाई भुल्न सकिदैन ।

फर्गुसनले युनाइटेडबाट सन्यास लिइरहदाँ म्यानचेस्टरमा फुटबलको प्रधान शक्तिका रूपमा सिटी उदाउँदै गइरहेको थियो । सिटीलाई प्रिमियर लिग उपाधी जिताउनदेखि म्यानचेस्टरको सानो क्लबबाट प्रिमियर लिगकै महत्वपूर्ण मध्येको एकमा रूपान्तरण गर्न टेभेजको भुमिका सानो छैन । शेख मन्सुर आइसकेपछि सिटीले खेलाडी खरिदमा करोडौ खर्च गरेको छ । तर क्लबलाई बलियो बनाउन भरपर्दो जग बसाउन टेभेज खरिद नै महत्वपूर्ण बन्यो ।

कतिपय अवस्थामा टेभेज मैदान बाहिरको क्रियाकलापका आधारमा आलोचित नबनेका होइनन् । तर जब उनी मैदानमा हुन्थे सिटीको जुनसुकै खेल जित्ने सम्भावना बलियो भएकै हुन्थ्यो । उनी क्लबका लागि कुशल योद्दा थिए । सिटीको सफलता टेभेजबाटै सुरु भएको भन्दा शायदै गलत होइएला ।

(ब्लिचररिपोर्टमा प्रकाशित आलेख इकागजका प्रबिनबिक्रम कटवालले गरेका हुन) 


 


Author

थप समाचार
x