थाइल्याण्डमा हुने खेलका लागि छानिए २५ खेलाडी (नामसहित)
काठमाडौं–थाइल्यान्डमा हुने दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीमा २५ खेलाडीलाई छनोट गरिएकोे छ। टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले २५ खेलाडी छनोट गरेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) काअनुसार नेपाली टोलीले थाइल्याण्ड र चोनबुरी एएफसीसँग मैत्रीपूर्ण खेल खेल्नेछ। एन्फाले चैत १० गते थाइल्यान्डको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल र चैत १३ गते चोनबुरी एएफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ।
यी हुन् छनोट भएका २५ खेलाडी
किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया