भलिबल प्रतियोगिताको फाइनल खेलमा झडप, केही घाइते
मुगु– मुगुमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल चलिरहँदा दुई समूहको विवादपछि झडप भएको छ । उक्त झडपबाट केही स्थानीयहरू घाइतेसमेत भएका छन् ।
जिल्ला खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबार बिहान जारी जिल्ला स्तरीय पुरुष खुल्ला भलिबलको फाईनल खेलमा दुई समूहबीच झडप भएको हो ।
बुधबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय मुगु र महाकाली माध्यमिक विद्यालयको टीमबीच प्रतिस्पर्धा भईरहेको समयमा झडप भएको हो ।
आयोजककाअनुसार खेल प्रतिस्पर्धात्मक भइरहेका दुवै समूहका समर्थनले हुटिङ गरेर रमाइलो लिइरहेका थिए भने खेलमा दुई सेट प्रहरीले र एक सेट विद्यालयले जितेसँगै खेल थप रोचक बनेको थियो ।
त्यस्तै, फाइनलका लागि भएको भलिबल खेल चौथो सेटको अन्तिममा हुँदै गर्दा आ–आफना समथर्कले चर्काे आवाजमा हुटिङ गरेपछि प्रहरीको समूहले स्थानीयले माटो उडाएको निहुँमा स्थानीयमाथि हातपात गरेपछि विवाद उत्पन्न भएको जनाइएको छ ।
उक्त सामान्य विवादले चर्काे रूप लिएपछि प्रहरी र स्थानयबीच झड्प हुँदा केही स्थानीय सामान्य घाइते भएका उनीहरुको जिल्ला अस्पताल मुगुमा उपचार भइरहको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । प्रजिअ महतका अनुसार हाल खेल विवादको समस्या समाधान भईसकेको छ भने खेल स्थगित भएको छ । साथै भलिबल फागुन २३ गतेबाट सुरू भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया