खेलकुद

युइएफए च्याम्पियन्स लिग : आज रियल म्याड्रिड र पिएसजीमा कसले मार्ला बाजी ?

इकागज |
फागुन २५, २०७८ बुधबार २१:४२ बजे

काठमाडौं– आज युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा चर्चित क्लब रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) आमनेसामने हुँदैछन् ।
प्रतिष्ठाको रुपमा हेरिएको यो खेलमा दुवैलाई जित्नु अत्यावश्यक छ। पहिलो लेगमा म्याड्रिडले हार व्यहोरेको थियो। रियलले १–० ले व्यहोरेको हारलाई आज नतिजा उल्टाउनुपर्ने बाध्यात्मक अवस्था छ ।म्याड्रि स्पेनिसक क्बल हो भने पीएसजी फ्रान्सेली क्लब हो। घरेलु लिगमा यी दुबै टोली अब्बल मानिन्छ। 

खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राती १ः४५ बजे हुनेछ । यो रियलको घरेलु मैदान हो ।क्वाटर फाइनलमा पुग्न रियलले घरेलु मैदानको भरपुर उपयोग गर्नसक्छ । २–० को जितले रियल अघिल्लो चरणमा प्रवेश गर्नेछ ।


अघिल्लो लेगमा हारेको रियललाई पिएसजी स्तब्ध पार्नु निकै चुनौति छ ।  स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध जित निकाल्न कठिन नै हुनेछ । तर, रियलसँग पनि स्टार खेलाडी नभएको भने होइन ।

टोलीसँग लुका मोड्रिच, करिम बेन्जेमा, भिनिसियस जुनियर, फेडे भाल्भेर्डे, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल, नाचो फर्नान्डेस, मार्काे एसेन्सियो र रोड्रिगोको साथ रहेको छ । तर प्रतिबन्धका कारण स्टारद्वय क्यासमिरो र फर्लान्ड मेन्डी टोलीमा हुनेछैनन् । टोनी क्रुस चोटमा छन् । 

पिएसजी झनै बलियो टोली मानिएको छ। यहाँ लियोनेल मेस्सी, नेयमार, एन्जल डि मारिया, मार्काे भेराट्टी, डानिलो पेरेइरा, इड्रिसा गाना गुआई, नुनो मेन्डेस, प्रेसनेल किमपेम्वे, मार्किन्हस, अचरफ हाकिमी र गोलरक्षक केलर नाभास छन् । डिफेन्डर सर्जियो रामोस र किलियन एम्बाबेले खेल्ने या नखेल्ने भने अझै बाहिर आएको छैन । उनले चोट बोकेका छन् । पिएसजी जित निकाल्दै अघि बढ्न चाहन्छ । 

विश्वभर यी दुवै टोलीका फ्यान अत्याधिक छन् । त्यसैकारण यो खेृललाई विश्वका खेलप्रेमीले नियालिरहेका छन् ।

विगत हेर्ने हो भने पछिल्लो १० खेलमा रियल हावी छ । उसले स्पष्ट ५ जित निकाल्दा पिएसजी ले आफ्नो नाममा ३ खेल लेखाएको छ । दुईमा बराबरी खेलेकाले पनि आजको खेल के हुन्छ भन्नेमा स्पष्ट आँकलन गर्न कठिन छ । 
 


Author

थप समाचार
x