एफसी चितवनले आइतबार चितवनमा रूकी हण्ट सञ्चालन गर्दै
काठमाडौँ – फुटबल क्लब एफसी चितवनले आइतबार विहान साढे एघार बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट अर्थात ट्यालेन्ट क्याम्प, खेलाडी छनोट कार्यक्रम आयोजना गर्ने भएको छ ।
आउँदो अप्रिल ८ बाट शुरू हुन लागिरहेको नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिस्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले विज्ञप्ति जारी गर्दै जनाएकाे छ।
चितवन फुटबल सङ्घको समायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउनुहुनेछ । खेलाडीहरू कुनै पनि राष्ट्रिय स्तरको लिग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ । यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन टिमबाट प्रतिष्पर्धामा खेल्न पाउने छन्।
एफसी चितवन आइएमई ग्रुप अन्तर्गत सञ्चालित गेम अन प्रा.लिको एक फुटबल क्लब हो । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र पर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपूर मनोरञ्जन पनि प्राप्त होस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्षबाट मात्र शुरू हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया