खेलकुद

एनएसएल विवाद: टाइसिट तत्काललाई सार्वजनिक नहुने

इकागज |
चैत ४, २०७८ शुक्रबार २१:३७ बजे

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि आइतबार सार्वजनिक हुने भनिएको टाइसिट ड्र स्थगित भएको छ । 

पछिल्लो समय एनएसएलको आयोजनालाई लिएर विवाद भइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)को बिबाद समाधान समिति  र ए डिभिजन लिगका चार असन्तुष्ट क्लबबीचको बैठकबाट टाइसिट ड्र स्थगित भएको स्रोतले न्युज कारखानालाई बतायो । 


यस अघि आठ क्लबले एनएसएलले नियम विपरित खेलाडी अनुबन्ध गरेको र अक्सन समेत गरेको भन्दै असन्तुष्ट जनाउँदै आएका छन् । 

पछिल्लो समय भने मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम एन आर टी, संकटा क्लब र थ्री स्टारले पत्रकार सम्मेलन गर्दै बिबाद समाधान गर्न एन्फालाई अनुरोध गरेको थियो ।

सोही अनुसार एन्फाको २ र ३ फागुनमा बसेको कार्यसमितिले बिबाद समाधानको लागि अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा सात  सदस्यीय समिति गठन भएको हो ।

सोही समिति र असन्तुष्ट क्लबबीच शुक्रबार भएको छलफलपछि आइतबारको कार्यक्रम स्थगित भएको हो ।

एनइएसएमले चैत २ गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै चैत ६ गते आइतबार टाइसिट सार्वजनिक गर्ने जानकारी गराउँदै पत्र लेखेको थियो ।

उक्त छलफलमा क्बलहरूले प्रतियोगिता नै रद्द गर्नुपर्ने माग राखेको छलफलमा सहभागीले  बताए । त्यसपछि बसेको समितीको  बैठकले ‘अर्को निर्णय नहुन्जेलसम्म टाइसिट ड्र रोक्ने निर्णय गरेको पनि स्रोतले जनाएको छ ।

यसअघि फागुन २० गते हुने तय भएको खेलाडीको अक्सन रोक्न पनि एन्फाले निर्देशन दिएको थियो । तर, त्यसका बाबजुद एनइएसएमले सोही समयमा अक्सन गरेको थियो ।


Author

थप समाचार
x