खेलकुद

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता

तेक्वान्दोका विजयीलाई आज पुरस्कार वितरण गरिने

इकागज |
चैत ७, २०७८ सोमबार ८:४९ बजे

मकवानपुर - प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत मकवानपुरको हेटौंडामा जारी तेक्वान्दो खेलका विजयीलाई आज सोमबार पुरस्कार वितरण गरिने भएको छ । विभिन्न केजी तर्फका प्रथम, द्धितीय र तृतीयलाई आज एक समारोहकाबीच पुरस्कृत गरिने खेल संयोजक माधव कोइरालाले बताए । 

प्रतियोगीतामा पुरुषतर्फ ५४ केजीका काभ्रेका रोशन केसी प्रथम, दोलखाका रोशन खत्री द्धितीय र मकवानपुरका विप्लव वाईवा र भक्तपुर सञ्जय लामा तृतीय भएका छन् । ५८ केजी तर्फ सरोज मगर (काभ्रे), कविन्द्र तामाङ (रसुवा), रेहात केसी (भक्तपुर) र अनुप राई(मकवानपुर) क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । 


६३ केजीतर्फ प्रविण वाइवा (नुवाकोट), अभिशेक गिरी (काठमाडौं), कृष्ण भोम्जन (मकवानपुर) र मोहन मोक्तान (भक्तपुर) प्रथम, द्धितीय र तृतीय भएका छन् ।
त्यस्तै, ७४ केजी तर्फ विप्लव नेगी लामा (काठमाडौं), सुरज स्याङ्वो (मकवानपुर), दीपेन्द्र खत्री (काभ्रे) र पवन गुरुङ (चितवन) रहेका छन् । ८७ केजीतर्फ भने अमन थापा मगर (चितवन), जर्ज वुस राई(नुवाकोट), रायन मोहमद (काठमाडौं) र कुमार मगर (रामेछाप) रहेका छन् ।

८७ केजीमाथी भने सौरभ सिंह (चितवन), ईशान तामाङ(नुवाकोट), राजु मोक्तान (रामेछाप) विजयी भएको खेल संयोजक कोइरालाले बताए । महिला तर्फ भने ४६ केजीतर्फ आयुष्मा चौधरी (चितवन), सलोमी तामाङ (नुवाकोट), अनुज्ञा सापकोटा (काठमाडौं) र प्रमिला गुरुङ (धादिङ) क्रमशः प्रथम,द्धितीय र तृतीय भएका छन् । ४९ केजीतर्फ स्नेहा परियार (चितवन), दिक्षा वान्तवा राई (काठमाडौं), रिमा खत्री (दोलखा), र निरन्जना राना (मकवानपुर) रहेका छन् । 

त्यस्तै, ५३ केजी तर्फ अन्जली तामाङ (सिन्धुपाल्चोक), रंगिला रोक्का (काठमाडौं), प्रतिता तामाङ (धादिङ) र अनुका जिरेल (दोलखा) रहेका छन् । ६७ केजीतर्फमा प्रिजना राई (नुवाकोट), दुर्गा राई (चितवन), युरिका जिरेल (दोलखा) र प्रेरणा लामा (मकवानपुर) रहेका छन् ।

७२ केजीमा पवित्रा राई (नुवाकोट), सुप्रिया गुरुङ (चितवन), आरती थिङ (मकवानपुर) रहेका छन् भने ७२ केजीमाथिका  नमिषा गौली (चितवन) लक्ष्मी खत्री (काभ्रे), निरुषा खड्गी (दोलखा) र धनमाया श्रेष्ठ (रामेछाप) विजयी भएको खेल संयोजक कोइरालाले बताए ।

तेक्वान्दोको पुन्से खेलमा पुरुष तर्फ राम गोले(मकवानपुर) आशिष सुवेदी (चितवन), साजन तामाङ(नुवाकोट) सुजन कार्की (काठमाडौं) क्रमशः प्रथम,द्धितीय र तृतीय भएका छन् । महिला तर्फ भने सन्ध्या लामा( रामेछाप) जैतन खातुन (चितवन), कविता राई (मकवानपुर) र मोनिका रम्तेल(ललितपुर) विजयी भएका छन् ।

केही फाइनल खेल बाकीँ रहेकोले सोमबार नै खेलाइने छ । सोमबार पुरा फाइनल खेल पश्चात पुरस्कार वितरण गरिने परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।
 


Author

थप समाचार
x