खेलकुद

युएईसँग नेपाल फेरि स्तब्ध, ९९ रनले पराजित

इकागज |
चैत ७, २०७८ सोमबार १८:५० बजे

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा युएईसँग नेपाल फेरि पराजित भएको छ । दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो ।

त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको प्रतियोगितामा ब्याटिङ नचल्दा फेरि नेपालले युएईसँग लगातार हार व्यहोर्न बाध्य बन्यो ।
टस हार्दै युएईले ब्याटिङ गरेको थियो । निर्धारित ५० ओभरमा ९ विकेटको क्षति व्यहोर्दै युएईले २०२ रन बनायो । विजयीका लागि २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो।


खराब सुरुआत गरेको नेपालका ओपनर पवन सर्राफ मात्र २ रन बनाएर पेभिलियन फर्किए। यस्तै कुशल भुर्तेल ५ रनमा आउट भए।
दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट भए। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिके ६५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाए। रोहित पौडेल आज ९ रनमा आउट भए।

आरिफ शेखले ४० बलमा १५ र जोड्दा विनोद भण्डारी १२ रनमा आउट भए । त्यस्तै करन केसी ४ रनमा आउट हुँदा बिक्रम सोबले १ रन बनाए । सन्दीप लामिछाने एक बल पनि खेल्न पाएनन् । उनी अविजित रहे। सोमपालले १५ रन बनाए।

यूएईका जुनाइद सिद्दिकीले ४ विकेट लिए । यस्तै कासिफ दौद र अहमेद राजाले समान २-२ विकेट लिए । 

युएईको जितमा रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान दिए। ओपनर मुहम्मद रिजवानले ३३ रन, चिराग सुरीले २६ रन बनाए। भृत्या अरविन्दले २४, बसिल हमिद १७ रनमा आउट भए। 

करण केसी र सोमपाल कामीले समान २-२ विकेट हात पारे । आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए।
 


Author

थप समाचार
x