खेलकुद

पीएनजीविरुद्ध नेपालको सानदार जित

इकागज |
चैत ८, २०७८ मंगलबार १८:९ बजे

काठमाडौं – ‘क्रिकेट वर्ल्ड कप लिग टू’ अन्तर्गतको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध जित हात पारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा जारी प्रतियोगिता अन्तर्गतको चौथो खेलमा ७ विकेटको जित नेपालले हात पारेको हो ।

नेपाललाई जित दिलाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ५० रन र टप अर्डर ब्याट्सम्यान आरिफ शेखले ५९ रन बनाए ।


यो दुबईमा जारी लिग अन्तरगतको चौथो खेलमध्ये दोस्रो जित हो । यसअघि, अघिल्लो जित पनि पीएनजीविरुद्ध नै थियो । यूएईसँगको दुई वटा खेलमा भने नेपाल निरन्तर हारेको थियो । लिगको विजेता टोली सन् २०२३ मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकपका लागि छनोट हुनेछ ।


Author

थप समाचार
x