नेपालका रोहितको शतक प्रहार
काठमाडौं । नेपाली क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । पपुवा न्युजिनी (पीएनजी) विरुद्ध त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसी क्रिकेटमा उनले शतक प्रहर गरेका हुन् ।
रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतकइय पारी खेले । रोहितको यो पहिलो एकदिवसीय शतक हो । ये सँगै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने उनी दोस्रो नेपाली खेलाडी बने ।
यसअघि पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।
त्रिवि खेल मैदानमा पीएनजीले पहिले ब्याटिङ गर्दै नेपाललाई २९३ रनको लक्ष्य दिएको थियो । जितका लागि लक्ष्य पछ्याइरहेको नेपाल अहिले आक्रामक ब्याटिङ गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया