खेलकुद

उत्कृष्ट प्रदर्शन गर्दागर्दै पीएनजीसँग नेपाल ६ रनले पराजित

इकागज |
चैत ११, २०७८ शुक्रबार १७:१३ बजे

फाइल तस्‍बिर

काठमाडौं–घरेलु मैदानमा पपुवा न्युगिनीसँग नेपाल ६ रनले पराजित भएको छ।अन्तिम आभेरसँग खेलेको नेपाल पाहुना टोलीसँग पराजित भएको हो।
त्रिवि मैदानमा भएको खेलमा नेपालका तर्फबाट शतक प्रहार गरेका ब्याटर रोहितकुमार पौडेल १२६ रन बनाएर पभेलियन फकिए । उनले १२६ रनको योगदन दिदैं पभेलियन फर्केका हुन् ।

 २ सय ९३ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनायो । रोहितले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङमा समेत नेपालले जित निकाल्न सकेन । नेपालका रोहित पौडेलले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेले ।


रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पीएनजीका नोरमान भानुअले ३ विकेट लिए ।

यस्तै चार्ल्स अमिनी, असद भालाले समान २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो ।  नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट हात पारे । नेपालले शनिबार पीएनजीबिरुद्ध अर्को एकदिवसीय क्रिकेट खेल्नेछ ।

खेल रोमाञ्चक बनेको थियो । अन्तिम १२ बलमा १५ रन आवश्यक हुँदा नेपालका कमलसिं ऐरी स्ट्राइकमा थिए । उनले त्यतिबेला १ रन ल्याए । स्ट्राइक चेञ्ज हुँदा सोमपाल पुगे । उनले पनि थप १ रन जोडे ।

त्यस्तै, ४८ औं ओभरको चौथो बलमा कमलले प्रहार गरेको बल क्याच ड्रप भएपछि उनले नयाँ जीवन पाए । त्यो बलमा नेपालले दुई रन जोड्यो । २८३ रनको योगफल पुगेको यो ओभरको अन्तिम बलमा एक रन ल्याएपछि जितका लागि ६ बलमा नेपाललाई १० रन आवश्यक बन्यो ।

अन्तिम ओभरको पहिलो बलमा एक रन नेपालले जोड्यो । अन्तिम ३ बल बाँकी छँदा नेपाललाई ८ रन आवश्यक थियो । अन्तिम २ बलमा ८ रन आवश्यकमा पुग्यो ।
अन्तिममा नेपाल ६ रनले पराजित भयो ।


Author

थप समाचार
x