भरतपुर मेयर कपको उपाधि चितवनलाई
चितवन - चितवनमा भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २२३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो ।
दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन बनाए । चितवनका लागि गौतम केसीले ११ ओभरमा ४७ रन खर्चिदै ६ विकेट लिए भने कृजन गुरुङले १५ ओभरमा ४४ रन खर्चिदै ३ विकेट लिए ।
पहिलो इनिङमा चितवनले ५५ ओभरमा ९ विकेटको क्षतिमा १७६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । उसका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाएका थिए ।
मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै ५ विकेट लिए भने सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै ३ विकेट लिए । पहिलो इनिङमा मकवानपुर पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भएको थियो ।
उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाएका थिए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए भने गौतम केसीले १०.४ ओभरमा २ विकेट लिए ।
प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ११ विकेट लिए भने चितवनका गौतम केसीले ८ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए । चितवनका कृजन गुरुङले ८ विकेट लिए भने चितवनका प्रतिक श्रेष्ठले प्रतियोगितामा सर्वाधिक ९७ रन प्रहार गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया