त्रिकोणात्मक टी–२० सिरिज : नेपालले दियो पीएनजीलाई १८४ रनको विशाल लक्ष्य
फाइल तस्बिर
काठमाडौँ - त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । ३५ बल खेलेका उनले पाँच चौका र एक छक्काको मद्दतले ४३ रन बनाएर आउट भए ।
त्यस्तै रोहित पौडेलले ३४ रन बनाउँदा कुशल भुर्तेलले २० रन बनाएर आउट भए । कुशल मल्लले ११ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउट भए ।
करण केसी १४ रन बनाएर आउट भए । लोकेश बमले पाँच बनाए भने सोमपाल कामीले १ रन बनाए ।
आरिफ शेखल ३४ रन बनाए ।
सन्दिप लामिछानेले १ रन बनाए ।
यसअघि भएको एक दिवशीय सिरिज पीएनजीले क्लिन स्विप गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया