खेलकुद

टि–ट्वेन्टीमा पारसपछि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी को हुन् ?

इकागज |
चैत १४, २०७८ सोमबार १४:३८ बजे

 

काठमाडाैँ- टि–ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन पारस खड्काको नाममा छ । ३३ वटा अन्तर्राष्ट्रिय टि–ट्वेन्टी खेलमा उनले ७ सय ९९ रन बनाएका छन् । उनले एकै खेलमा सबैभन्दा बढी बनाएको रन १०६ हो ।


नेपालका लागि टि–ट्वेन्टीमा पहिलो पटक शतक प्रहार गर्ने कीर्तिमान खड्काकै नाममा छ । पारसपछि नेपालका लागि टि–ट्वेन्टीमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी । ऐरीले ३५ खेलमा ७८२ रन बनाएका छन् ।

टि–ट्वेन्टीमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् । मल्लको नाममा ७४८ रन छ ।


Author

थप समाचार
x