एन्फाले महामारीमा पनि नियमित कार्यक्रम सञ्चालन गर्याे – अध्यक्ष शेर्पा
काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले कोरोना महामारीबीच पनि एन्फाले आफ्ना कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न सफल भएको बताएका छन् ।
एन्फाको २० औं साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले कोरोना महामारीको समयमा समेत एन्फाले नेपाल फुटबललाई क्रियाशील रुपमा सञ्चालन गर्न सफल भएको जनाएका हुन् ।
उनले जिल्ला तथा केन्द्र दुबैले नियमित कार्यक्रमहरु सञ्चालन गरेको बताए ।
‘२०७७ सालमा कोरोनाको पहिलो चरणमा आठ नौ महिना, दोस्रो चरणमा पाँच छ महिना तथा तेस्रो चरणमा करिब दुई महिना मानिसहरु घरमा रहँदा एन्फाले भने पुरुषका २४ तथा महिलाका १२ वटा प्रतियोगितामा सहभागिता जनाएका थिए,’ शेर्पाले उल्लेख गरे ।
एन्फा अध्यक्ष शेर्पाले आफ्नो कार्यसमितिले एन्फामा उल्लेख्य कामहरु गरेको दावी समेत गरे ।
उनले एएफसी लाईसेन्सको पूर्वाधार विकास गरेर चार क्लबलाई लाइसेन्स दिलाएको, टेक्निकल डिपार्टमेन्ट स्थापना गरेर प्रशिक्षण कार्यक्रमहरु सञ्चालन थालिएको तथा नेपालमै बी र सी स्तरको लाइसेन्स दिने अवस्थामा पुर्याएको उनको भनाई थियो ।
अध्यक्ष शेर्पाले साधारणसभा निर्वाचनलाई केन्द्रीत गरेर आयोजना गरिएको समेत जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया