खेलकुद

महिला विश्वकपः अष्ट्रेलिया फाइनलमा प्रवेश

इकागज |
चैत १६, २०७८ बुधबार १२:६ बजे

काठमाडौं – अष्ट्रेलिया महिला क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

न्यूजिल्यान्डको वेलिङ्टनमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वेस्ट इन्डिजलाई १ सय ५७ रनले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।


जितका लागि ३ सय ६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३७ ओभरमा अलआउट हुदै मात्र १ सय ४८ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि कप्तान स्टाफानी टेलरले सर्वाधिक ४८ रन जोडिन् ।

अष्ट्रेलियाका लागि जेस जोनासेनले सर्वाधिक २ विकेट हात पारिन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा मात्र ३ विकेट गुमाएर ३ सय ५ रन जोडेको थियो ।

अष्ट्रेलियाका लागि अलाइसा हेलीले सर्वाधिक १ सय २९ रन जोडिन् ।

राचायल हायनेसले ८५ रनको योगदान गरिन् ।

वेस्ट इन्डिजका लागि चिनेले हेनरीले सर्वाधिक २ विकेट लिदा सामिलिया कोनेलले १ विकेट हात पारिन् ।

अष्ट्रेलियाले उपाधिका लागि दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेताविरुद्ध खेल्नेछ ।

दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । फाइनल भने आईतबार हुनेछ ।


Author

थप समाचार
x