टी–ट्वान्टीमा ८ सय रन बनाउने दिपेन्द्र पहिलो नेपाली
काठमाडौं – नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
दिपेन्द्रले टी–ट्वान्टीमा ८ सय ३ रन जोड्दै सबै भन्दा बढी रन बनाउने नेपाली क्रिकेटर बनेका हुन् ।
यस अघि पूर्व क्रिकेटर तथा कप्तान पारस खड्काले ७ सय ९९ रन बनाएका थिए ।
दिपेन्द्रले ३६ खेलमा ८ सय रन पुरा गरेका हुन् । उनी ८ सय रन बनाउने पहिलो खेलाडी समेत बनेका छन् ।
दिपेन्द्रले त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्ध २१ रन जोड्दै कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ७ सय ४८ रन जोडेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया