खेलकुद

रासफोर्डलाई जातीय दुर्व्यवहार गर्ने १९ वर्षीय युवालाई जेल

इकागज |
चैत १७, २०७८ बिहीबार ११:११ बजे

काठमाडौं – इंग्ल्यान्डका फुटबल खेलाडी मार्कस रासफोर्डलाई जातीय दुर्व्यवहार गरेको आरोपमा एक युवालाई ६ हप्ताको जेल सजाय सुनाइएको छ । 

१९ वर्षीय जस्टीन ली प्राइसले गत वर्ष युरोपियन च्याम्पियसिपको फाइनलपछि सामाजिक सञ्जालमार्फत रासफोर्डलाई दुर्व्यवहार गरेका थिए । वरसेस्टरका प्राइसलाई किन्डरमिनिस्टर मजिस्ट्रेट्स कोर्टले ६ हप्ताको सजाय सुनाएको हो । 


म्यान्चेस्टर युनाईटेडका स्ट्राइकर रासफोर्डले इटालीविरुद्धको फाइनलमा इंग्ल्यान्डका लागि पेनाल्टीमा गोल गर्न नसकेपछि प्राइसले ट्वीटरमार्फत जातीय दुर्व्यवहार गरेका थिए । 

दुर्व्यवहारबारे रिपोर्ट गरिएपछि प्राइसले आफ्नो ट्वीटरको नाम परिवर्तन गरेका थिए भने प्रहरीले सुरुवातमा सोधपुछ गर्दा उनले उक्त आरोप अस्विकार गरेका थिए । तर पछि उनले उक्त ट्वीट पोस्ट गरेको स्वीकार गरे । 


Author

थप समाचार
x