खेलकुद

५० औं टी–ट्वान्टीमा पीएनजीविरुद्ध नेपाल ब्याटिङमा, आदिलको डेब्यू

इकागज |
चैत १७, २०७८ बिहीबार १२:१३ बजे

काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवी क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो । 

सिरिज अन्तर्गत नेपालले अघिल्ला दुई खेलमा जित हात पारिसकेको छ तथा आजको खेलमा पीएनजीलाई पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । 


नेपालले पहिलो खेलमा पीएनजीलाई नै १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । 

पीएनजीविरुद्धको खेल नेपालका लागि ऐतिहासिक समेत हुनेछ । पीएनजीविरुद्धको खेल नेपालका लागि ५० औं अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल हुनेछ । 

यसैबीच नेपालका लागि आदिल अन्सारीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । आदिललाई नेपालको प्लेइङ ११ मा कुशल मल्लको स्थानमा मौका दिइएको हो । 

आदिल नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने ४१ औं खेलाडी बन्ने छन् । 

नेपालको प्लेइङ ११ः 
कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, दिलिप नाथ, आदिल अन्सारी र रोहित पौडेल ।
 


Author

थप समाचार
x