खेलकुद

महिला विश्वकपः इंग्ल्यान्ड फाइनलमा

इकागज |
चैत १७, २०७८ बिहीबार १३:३७ बजे

काठमाडौं – इंग्ल्यान्ड महिला क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ। न्यूजिल्यान्डको क्रिसचर्चमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । 

इंग्ल्यान्डले उपाधिका लागि आईतबार हुने फाइनलमा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । अष्ट्रेलियाले बुधबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो । 


बिहीबारको खेलमा इंग्ल्यान्डले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३८ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमात्र जोड्न सक्यो । 

दक्षिण अफ्रिकाका लागि मिगनोन डु प्रिजले सर्वाधिक ३० रन जोडिन् । लारा गुडाल २८ रनमा आउट भईन् । इंग्ल्यान्डका लागि एन्या स्रुबसोलले सर्वाधिक २ विकेट हात पारिन् । केट क्रस र चार्ली डिनले एक–एक विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रनको योगफल तयार पार्यो । इंग्ल्यान्डका लागि डानी वयाटले १ सय २९ रनको योगदान गरिन् । सोफिया डंकलीले ६० रन जोडिन् ।

दक्षिण अफ्रिकाकी सवनिम इस्माइलले ३ तथा मरिजाने काप र मासावाटा क्लासले दुई–दुई विकेट लिए । 
 


Author

थप समाचार
x