खेलकुद

युक्रेनी शरणार्थीले म्यानचेस्टर सिटीमा अभ्यास गर्ने

इकागज |
चैत १८, २०७८ शुक्रबार १०:३० बजे

काठमाडौंँ – इंग्लीस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले युक्रेनी शरणार्थी आन्द्री क्राभचुकलाई क्लबसगै अभ्यासका लागि अनुमति दिएको छ । सिटी तथा युक्रेनका डिफेन्डर ओलेक्सान्डर जिन्चेनकोले गरेको प्रयासपछि क्राभचुकलाई सिटीले अभ्यासका लागि अनुमति दिएको हो । 

क्राभचुक र जिन्चेनकोले सख्तर डोनेस्कमासँगै खेलेका थिए । रुसले युक्रेनमाथि आक्रमण गर्ने समय क्राभचुक रुसी क्लब टोर्पेडो मस्कोका लागि टर्कीमा बन्द प्रशिक्षणमा रहेका थिए । 


२३ वर्षीय मिडफिल्डर क्राभचुकले रुसी क्लबस“गको सम्झौता अन्त्य गरिसकेपछि म्यानचेस्टर गएका थिए । म्यान्चेस्टरमा उनी सिटीको य–२३ टिमसग अभ्यास गर्नेछन् । क्राभचुकले आफ्नै देशमाथि आक्रमण गर्ने देशमा फुटबल खेलिरहेकोले क्लब छाड्ने एउटामात्र निर्णय आफसँग रहेको प्रतिक्रिया दिए । 
 


Author

थप समाचार
x