खेलकुद

टी-ट्वान्टी क्रिकेट सिरिज भारतलाई

इकागज |
चैत ८, २०७७ आइतबार ५:५९ बजे

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ । अहमदाबादमा शनिबार राती भएको पाँचौ टी-ट्वान्टी ३६ रनको जित हात पार्दै भारतले ३-२ ले सिरिज आफ्नो पक्षमा पारेको हो ।

पछिल्ला दुई खेलमा सनसनी प्रदर्शन गर्दै भारत ३-२ ले सिरिज जित्न सफल भएको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२४ रन बनाएको थियो ।


उसका लागि कप्तान विराट कोहलीले नटआउट ८० र रोहित शर्माले ६४ रन बनाए । २२५ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको इंग्ल्याण्ड भने निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८८ रनमा रोकियो ।

उसका लागि डेभिड मालनले ६८ र जोश बटलरले ५२ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । भारतका भुवनेश्वर कुमारले दुई र शार्दुल ठाकुरले तीन विकेट लिए ।

यसअघि भएको चार खेलको टेस्ट क्रिकेट सिरिज पनि भारतले ३-१ ले जितेको थियो ।


Author

थप समाचार
x