कृष्णप्रसाद भट्टराई स्मृति कराँतेमा १० टिमको सहभागिता रहने
काठमाडौ“ – प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा १० टिमको सहभागिता रहने भएको छ । जिल्ला प्रमुख डोजो ललितपुर र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजना हुने प्रतियोगितामा सात प्रदेश र विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबको सहभागिता रहने छ ।
पुरुषतर्फ ९, महिलातर्फ ८ तौलसमूह तथा टिम इभेन्टमा २ सय १० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको च्याम्पियन टिमलाई १ लाख तथा दोस्रो हुने टिमलाई ५० हजार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुषले जनही १५ हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लागि ४७ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितालाई लिनिङ र सान सोजुलेले प्रायोजन गर्नेछन् । लिनिङले ३ लाख ४५ हजार तथा खेल सामाग्रीसहित ५ लाख बराबरीको तथा सान सोजुले नगद ३ लाख प्रदान गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया