एशिया ट्राईयाथलन कप शनिबार पोखरामा
काठमाडौँ – नेपाल ट्राईयाथलन संघले शनिबार पोखराको फेवातालमा एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप आयोजना गर्दैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत जनाएको छ ।
प्रतियोगितामा नेपालसहित जापान, अष्ट्रिया, पोल्याण्ड, काजकिस्तान, भारत र बंगलादेशका ६३ खेलाडीले सहभागिता जनाउनेछन् । पुरुष तर्फ ४० र महिला तर्फ २३ खेलाडी रहेका छन् ।
प्रतियोगिता सहभागीहरुले ७ सय ५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ्ग र ५ किलोमिटर दौडको दुरी पुरा गर्नुपर्नेछ ।
अघिल्लो संस्करणमा पुरुषतर्फ उक्त दुरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पुरा गर्दै प्रथम भएका थिए । महिलातर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा प्रथम भएकी थिईन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया