खेलकुद

मछिन्द्र र ब्लु स्टारबीच हुने खेलको तयारी पुरा

इकागज |
चैत १९, २०७८ शनिबार १६:२५ बजे

काठमाडौँ – नेपालको मछिन्द्र क्लब र श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लबबीच हुने एएफसी कप प्रारम्भिक चरणको छनोट खेलको तयारी पुरा भएको मछिन्द्रले जनाएको छ । मछिन्द्र र ब्लु स्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत २२ हुने हुने तालिका रहेको छ । 

काठमाडौँमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीले खेलका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएका हुन् । कपालीले रंगशालाको मर्मत सम्भारको कार्य पुरा भएको र त्यसका लागि ८ लाख खर्च भएको जनाए । उनले खेलका लागि भिआईपीतर्फको टिकटका लागि एक हजार र साधारणतर्फको टिकटका लागि ५ सय रुपैया तोकिएको जनाए । 


क्लबका उपाध्यक्ष तथा व्यवस्थापक अनिल श्रेष्ठले खेलको प्रत्यक्ष प्रशारणका लागि एड प्याडसँग १० लाखमा सम्झौता भएको जानकारी गराए । श्रेष्ठले टिमको तयारी पनि राम्रो भएको तथा खेलाडीहरु बन्द प्रशिक्षणमा रहेको बताए । 

ब्लु स्टार र मछिन्द्रबीच हुने खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानविरुद्ध खेल्नेछ । उक्त खेल खेल अप्रिल १२ मा हुनेछ ।

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । यस अघि मछिन्द्रसँग क्लब लाइसेन्स नभएका कारण लिग जितेपनि उक्त मौका गुमाउन पुगेको थियो । 
 


Author

थप समाचार
x