महिला क्रिकेट विश्वकपको उपाधि अष्ट्रेलियालाई
काठमाडौँ – अष्ट्रेलियाले सातौ पटक आईसीसी महिला एकदिवसिय क्रिकेट विश्वकपको उपाधि हात पारेको छ । न्यूजिल्यान्डको क्रिसचर्चमा भएको फाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले सर्वाधिक सातौं पटक विश्वकपको उपाधि जितेको हो ।
अष्ट्रेलियाले दिएको ३ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ४३ ओभर ४ बलमा अलआउट हुदै २ सय ८५ रनमा सिमित भयो । इंग्ल्यान्डका लागि नाट सिभरले सर्वाधिक १ सय ४८ रन जोडिन् ।
अष्ट्रेलियाकी अलाना किंग र जेश जोनासेनले समान तीन–तीन विकेट लिए । मेगन सुटले दुई विकेट लिईन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५६ रनको विशाल योगफल तयार पारेको थियो । अष्ट्रेलियाका लागि अलायसा हेलीले सर्वाधिक १ सय ७० रनको योगदान गरिन् । हेलीले १ सय ३८ बलको सामना गर्दा २६ चौका प्रहार गरेकी थिईन् ।
हेलीले महिला र पुरुष दुबै विश्वकप फाइनलमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएकी छिन् । यसअघि २००७ मा पुरुषको विश्वकप फाइनलमा अष्ट्रेलियाका एडम गिलक्रिष्टले श्रीलंकाविरुद्ध १ सय ४९ रनको जोडेका थिए ।
यता राचायल हायनेसले ६८ र बेथ मुनीले ६२ रन जोडिन् । इंग्ल्यान्डका लागि अन्या स्रुबसोलले सर्वाधिक ३ विकेट हात पारिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया