खेलकुद

देशको अवस्थाप्रति श्रीलंकाका क्रिकेटरको चिन्ता

इकागज |
चैत २१, २०७८ सोमबार ११:४५ बजे

काठमाडौँ – स्वतन्त्रतापछिकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको समयमा श्रीलंकाका पूर्व तथा वर्तमान क्रिकेट खेलाडीहरुले देशको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

श्रीलंकाका पूर्व कप्तान तथा कन्सल्टेन्ट प्रशिक्षक माहेला जायवद्र्धने, कुमार सांगाकारा, भानुका राजापाक्सा, वानिन्डु हसरंगाले देशको वर्तमान अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका हुन् ।


माहेलाले देशमा लागू गरिएको आपतकालीन कानून र कफ्र्यूप्रति आफू दुखी रहेको बताउदै उनले विरोध गर्न पाउने जनताको अधिकारलाई सरकारले वेवास्ता गर्न नहुने सामाजिक संजालमार्फत उल्लेख गरेका छन् । उनले देशमा उत्कृष्ट काम गर्ने समय आएको बताए । 

सांगाकाराले भने श्रीलंकाका नागरिकहरु कल्पना गर्न सकिने सबैभन्दा खराब समयबाट गुज्रिरहेको बताएका छन् । सांगाकाराले श्रीलंकाका जनताले समस्याको सामाधानका लागि संघर्ष गरिरहेको जनाए । 

यता हसरंगाले भने पार्टीको राजनीतिले देशको एकतालाई तोडिरहेको उल्लेख गरे । उनले श्रीलंकाको खुसी आशु र दुखमा परिणत भएको जनाए । 

राजापाक्साले श्रीलंकाका नागरिकले आफ्ना सबैभन्दा आधारभूत अधिकार हनन भइरहेको पाएका छन् । उनले श्रीलंकाका २ करोड भन्दा बढी मानिसको एउटै स्वर भएपनि उनीहरुको आवाजलाई वेवास्ता गरिएको उल्लेख गरे ।
 


Author

थप समाचार
x