खेलकुद

पीएनजीविरुद्ध नेपाल ब्याटिङमा, टिममा एक परिवर्तन

इकागज |
चैत २१, २०७८ सोमबार १२:१८ बजे

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो । 

नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको सिरिज अन्तर्गत नेपालले चारमध्ये चार खेल जित्दै फाइनल प्रवेश गरेको हो भने पीएनजी र मलेसियाले एक–एक खेलमा जित हात पारेपनि नेट रनरेटका आधारमा पीएनजी फाइनलमा प्रवेश गरेको हो । 


फाइनलका लागि भने घाइते भएका कमल सिंह ऐरी टिमबाट बाहिरिएका छन् । यता लिग चरणमा मलेसियाविरुद्ध बेन्चमा रहेका सोमपाल कामी भने प्लेइङ ११ मा अटाएका छन् ।

नेपालको प्लेइङ ११ः 
कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, दिलिप नाथ, आदिल अन्सारी र रोहित पौडेल ।
 


Author

थप समाचार
x