खेलकुद

थाइल्यान्ड ओपन बक्सिङमा भुपेन्द्र पराजित

इकागज |
चैत २१, २०७८ सोमबार १२:४९ बजे

काठमाडौँ – थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ टुर्नामेन्ट अन्तर्गत नेपालका भुपेन्द्र थापा पराजित भएका छन् । आईतबार राती भएको खेलमा भुपेन्द्र भियतनामका ट्रान डक थोसँग पराजित भए ।

भुपेन्द्र ६३ केजी तौलसमूहमा ट्रानविरुद्ध पराजय भोगेका हुन् । प्रतियोगिताका नेपालका सात खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।


पुरुषतर्फ नै ४८ केजीमा सुशिल थापा मगर र ५४ केजीमा प्रेम चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ ४८ केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ६० केजीमा पुनम रावल रहेका छन् ।
 


Author

थप समाचार
x