खेलकुद

थाइल्यान्ड ओपन बक्सिङमा चन्द्रकला पनि पराजित

इकागज |
चैत २१, २०७८ सोमबार १४:५५ बजे

काठमाडौँ – थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ टुर्नामेन्ट अन्तर्गत नेपालकी चन्द्रकला थापा पराजित भएकी छन् । सोमबार भएको खेलमा चन्द्रकला ५७ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिईन् । उनी इटालीकी इरमा टेस्टाविरुद्ध पराजय भोगेकी हुन् । 

यस अघि आईतबार राति भएको खेलमा पुरुषको ६३ केजी तौलसमूहमा नेपालका भुपेन्द्र थापा भियतनामका ट्रान डक थोसँग पराजित भए । 


प्रतियोगिताका नेपालका सात खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषतर्फ नै ४८ केजीमा सुशिल थापा मगर र ५४ केजीमा प्रेम चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ ४८ केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ र ६० केजीमा पुनम रावलले पनि रहेका छन् ।
 


Author

थप समाचार
x