खेलकुद

थाइल्यान्ड ओपन बक्सिङमा सुष्मा पराजित

इकागज |
चैत २१, २०७८ सोमबार १८:१ बजे

काठमाडौँ – थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ टुर्नामेन्ट अन्तर्गत नेपालकी सुष्मा तामाङ पनि पराजित भएकी छन् । सोमबार भएको खेलमा सुष्मा ४८ केजी तौलसमूहमा पराजित भएकी हुन् । उनी इटालीकी रोवर्टा बोनाटीविरुद्धको खेलमा पराजित भएकी हुन् ।

यस अघि सोमबार भएको खेलमा चन्द्रकला थापा ५७ केजी तौलसमूहमा इटालीकी इरमा टेस्टाविरुद्ध पराजय भोगेकी थिईन् । आईतबार राती भएको खेलमा पुरुषको ६३ केजी तौलसमूहमा नेपालका भुपेन्द्र थापा भियतनामका ट्रान डक थोस“ग पराजित भएका थिए । 


प्रतियोगिताका नेपालका सात खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषतर्फ नै ४८ केजीमा सुशिल थापा मगर र ५४ केजीमा प्रेम चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ ५४ केजीमा मिनु गुरुङ र ६० केजीमा पुनम रावल पनि रहेका छन् ।
 


Author

थप समाचार
x