आइपिएल क्रिकेटः लखनऊले सनराइजर्स हैदरावादलाई हरायो
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई हराएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा गए राति भएको खेलमा लखनऊ सुपरले सनराइजर्स हैदरावादलाई १२ रनले हराएको हो ।
जितका लागि १७० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रनमात्रै बनाउन सक्यो ।
हैदराबादका राहुल त्रिपाठीले ३० बलमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै, निकोलस पुरनले २४ बलमा ३४ रन जोडे।
लखनऊका तीव्र गतिका बलर आवेश खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए भने जेसन होल्डरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।
हैदराबाद पहिलो खेलमा राजस्थानसँग ६१ रनले पराजित भएको थियो। अब हैदराबादले शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । लखनऊले अब बिहीबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया