खेलकुद

नेपालको एकदिवसीय वरीयता यथावत

इकागज |
चैत २२, २०७८ मंगलबार १२:१९ बजे

काठमाडौँ – आईसीसीको एकदिवसीयमा नेपालको वरीयता यथावत रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १८ औँ स्थानमा रहेको छ । 

यस अघि नेपाल १६ औँ स्थानबाट १८ औँ स्थानमा झरेको थियो । नेपालले करिब दुई हप्ता अघि नै पपुवा न्यूगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २–० ले हारेको थियो । 


एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहदा इंग्ल्यान्ड र अष्ट्रेलिया दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

एकदिवसीय बलरको वरीयतामा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ४८ औँ स्थानमा तथा ब्याट्सम्यानको वरीयतामा रोहित कुमार पौडेल ८३ औँ स्थानमा रहेका छन् । 
 


Author

थप समाचार
x