खेलकुद

करिम बेन्जेमाको लियोन फर्कने चाहना

इकागज |
चैत ८, २०७७ आइतबार १८:३० बजे

काठमाडौँ: क्रिस्टियानो रोनाल्डाले रियल म्याड्रिड छाडेपछि स्पेनी क्लबको मुख्य खेलाडी करिम बेन्जेमा नै हुन् । पछिल्ला दुई सिजन बेन्जेमा रियलका लागि उच्च गोलकर्ता रहे । यस सिजन पनि उनकै बलमा रियल ला लिगाको उपाधि दौडमा छ । 

रियलको इतिहासमै तेस्रो उच्च गोलकर्ता रहेका बेन्जेमाले कुल पाँच सय ४५ खेल खेलेर दुई सय ७२ गोल गरेका छन् । रियलले ला लिगा जित्दा होस वा च्याम्पियन्स लिग उचाल्दा, फ्रेन्च स्ट्राइकरको भूमिका अहम रहँदै आएका छन् । उनै बेन्जेमाको रियलसँगको सम्झौता जुन ३०, २०२२ मा सकिँदैछ । बेन्जेमाले रियल बसाई लम्ब्याउने टुङ्गो नहुँदा, लियोन दृश्यमा आउन थालेको छ । 


बेन्जेमाले सन् २००९ मा लियोन छाडेका थिए । त्यसपछिका वर्षमा लियोनले लिग जित्नु त परको कुरा, शीर्ष तीनमा पर्न पनि संघर्षरत गरिरहेको छ । २००१/०२ देखि २००७/०८ सम्म लगातार लिग जितेको लियोन त्यसपछि फेरि शीर्षस्थानमा फर्किएको छैन । लियोन पुनः फ्रान्सको शक्तिशाली क्लब बन्न चाहन्छ । लिग जित्न चाहान्छ । र, यसपटक लियोन लिग उपाधि दौडमा छ । लिग सकिँन नौ खेल बाँकी रहँदा लियोन अंक तालिकाको तेस्रो स्थानमा छ । लिग लिडर लिलभन्दा लियोन तनि अंकले मात्रै पछि छ । 

उता स्पेनमा, बेन्जेमा रियललाई लिगमा बलियो बनाउन डटिरहेका छन् । ३३ वर्षको उमेरमा पनि बेन्जे उक्तिकै फूर्तिला देखिन्छन् । निरन्तर गोल गरिरहेका छन् । गएका दुई सिजन उनले समान २१-२१ लिग गोल गर्न सफल रहे । रोनाल्डोको अनुपस्थितीमा रियलका लागि गोेलको मुख्य स्रोत नै बेन्जेमा हुन् । उनले पाछिल्ला पाँच लिग खेलमा सात गोल गरेका छन् । 

बेन्जेमालाई फ्रान्स फर्काउने सपना लियोनले त्यत्तिकै देखेको होइन । गत जनवरीमा मात्रै बेन्जेमाका पूर्व एजेन्ट करिम जाजिरीले रियलका स्ट्राइकर लियोन फर्कन सक्ने सम्भावना रहेको बताएका थिए । लियोनले पनि बेन्जेमासँग स्थान्तरणका लागि अनौपचारिक कुराकानी गरेको बताइएको छ ।

बेन्जेमा हाल रियलमा खुशी देखिए पनि जारी सिजनको अन्त्यमा उनले भविष्यका लागि योजना बुन्‍न थाल्नेछन् । उनको योजनामा लियोन पनि पर्नसक्छ । उता लियोनका लागि बेन्जेमाको पुनरागमन महत्वपूर्ण हुनेछ । आफ्नै एकेडेमीका उत्पादन बेन्जेमा स्टार बनेर घर फर्कदा लियोनले पक्कै पनि गर्व महसुस गर्नेछ । 

बेन्जेमालाई फ्रान्स फर्काउने सपना लियोनले त्यत्तिकै देखेको होइन । गत जनवरीमा मात्रै बेन्जेमाका पूर्व एजेन्ट करिम जाजिरीले रियलका स्ट्राइकर लियोन फर्कन सक्ने सम्भावना रहेको बताएका थिए । लियोनले पनि बेन्जेमासँग स्थान्तरणका लागि अनौपचारिक कुराकानी गरेको बताइएको छ । लियोनका अध्यक्ष जेन माइकल औलासले बेन्जेमासँग कुराकानी भएको पुष्टी गरिसकेका छन् । ‘बेन्जेमा फर्के अवश्य पनि लियोनका सर्मथक हर्षित हुनेछन् । उनलाई लियोन ल्याउन ढिलो गर्ने पक्षमा हामी छैनौँ । तर त्यसका लागि रियलले कस्तो प्रतिक्रिया जनाउछ, त्यो महत्वपूर्ण रहनेछ,’औलासले हालै भनेका छन् । 

बेन्जेमा लियोन फर्कने, नफर्केने भन्ने विषय रियलले उनको स्थानमा अर्को खेलाडी किन्न सक्छ सक्दैन भन्नेमा पनि निर्भर रहनेछ । रियलको नजर बोरुसिया डर्टमन्डका एर्लिङ हालान्डमाथि छ । यदि आउँदो सरुवा बजारमा हालान्ड रियल आइपुगे भने, बेन्जेमा बेन्च खेलाडी बन्नेछन् । त्यस्तो अवस्थामा बेन्जेमा लियोन फर्कने विकल्पमा लाग्नेछन् । 

यद्यपि बेन्जेमा भने हालान्ड रियल आए पनि आफ्नो स्थानमा खतरामा नपर्ने बताउँछन् । ‘उनी रियल आउन चाहान्छन् भने, त्यो क्लबका लागि खुशीको कुरा हो । त्यस बाहेक अरु म भन्‍न सक्छु र ?’ बेन्जेमाको प्रश्न थियो । तर रियलका लागि नयाँ स्ट्राइकरमा बजेट खर्च गर्नुभन्दा पहिले अन्य पोजिसनमा देखिएको समस्या सुल्झाउनुछ । विशेषगरी विङ्ग्समा । 

फेरि रियलका प्रशिक्षक जिनेदिन जिदान पनि बेन्जे बेच्ने हतारमा छैनन् । ‘सन् २००९ मा रियल आएयता बेन्जेमाले आफूलाई निरन्तर बलियो साबित गरिरहेका छन् । उनी कहिलेसम्म यही रफ्तारमा खेल्नेछन्, के थाहा ?’ बेन्जेमाको भनाई थियो । 

रियलको जर्सीमा बेन्जेमाले एक सिजनमा २१ भन्दा बढी लिग गोल गर्न सकेका छैनन् । यस सिजन उनलाई आफ्नो ब्यक्तिगत रेकर्ड सुधार्ने मौका छ । रियलमा हाल उनलाई प्रतिस्थापन गर्ने अर्को फरवार्ड छैन । त्यसकारण उनको रियल छाड्ने निर्णयले सरुवा बजारमा जिदानलाई अवश्य पनि खर्च गराउनेछ । लियोनले भने बेन्जेमाको त्यस्तो निर्णयलाई स्वागत गर्नेछ । किनभने बेन्जेमाको उपस्थितीमा लियोन बलियो बन्नेछ । कमसेकम अहिलेका लागि ।

अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा 


Author

थप समाचार
x