बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सम्झौता
काठमाडौँ – सहिद स्मारक बी डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको बा“सबारी क्लबले सह–प्रयोजकको रुपमा सिद्धार्थ बैंकसँग सम्झौता गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
क्लब र बैंकबीच ४ लाख बराबरको सम्झौता भएको हो । प्रायोजनका लागि स्थानीय बासिन्दा दीपेश आचार्यले पहल गरेका थिए । बाँसबारीका अध्यक्ष थापाले देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब खुसी रहेको बताए । उनले यसले फुटबल विकास र क्लबको उदेश्य र लक्ष्य प्राप्तिमा ठूलो सहयोग गर्ने जनाए ।
सिद्धार्थ बैंकका एजीएम पन्तले बाँसबारी क्लबसँग सहकार्य गर्न पाउँदा साह्रै खुशी लागेको बताउदै क्लबसँग खेलकुद र सामाजिक कार्यमा सहकार्य गर्दै अगाडि बढ्ने जनाए ।
बाँसबारी क्लबको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ । क्लबले गत फागुनमा अराउन्ड द हिमालयजसँग १० लाख रुपियाको प्रायोजन सम्झौता गरेको थियो ।
यसैबीच क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनको लागि अध्यक्ष प्रेम थापालाई मताधिकारसहितको प्रतिनिधि र महासचिव रमेशकुमार कार्कीलाई प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया