नेपालमा एरोविक टेबल टेनिसको सुरुवात
काठमाडौँ – विश्व टेबल टेनिस 'डे' को अवसर पारेर बुधबारदेखि नेपालमा पहिलो पटक एरोविक टेबल टेनिसको सुरुवात भएको छ । नेपाल एपिएफ क्लबमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै एरोविक टेबल टेनिसको औपचारीक सुरुवात गरेका हुन् ।
लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रोले एरोविक टेबल टेनिसका बारेमा जानकारी प्रदान गरेका थिए । स्टिभले एन्डिजकी संस्थापक अनिता महर्जनलाई एकेडेमीको नेपालमा औपचारिकताको प्रमाण पत्र समेत प्रदान गरे ।
एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभले नेपालस्थित एकेडेमीमा रहेका छात्र तथा छात्रालाई प्रशिक्षण प्रदान गर्ने र प्रशिक्षणमा उत्कृष्ट रहेका ३ छात्र तथा ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि छात्रवृत्ती प्रदान गर्नेछन् ।
पूर्व सम्झौता अनुसार डिएचएसले प्रशिक्षणका लागि आवश्यक रोवोट र स्टेग ब्रान्डको टेबल टेनिस बोर्ड प्रायोजन गरेको छ । प्रशिक्षणमा उपयोगी रोवोट पहिलो पटक प्रयोगमा आएको एनिज पिङ्ग पङ्ग क्लबकी संस्थापक अनिता महर्जनले जानकारी गराइन् ।
अनिता एरोविक टेबल टेनिसकी ब्राण्ड एम्बेसडर समेत हुन् । अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरि बच्चाहरुलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आइरहेकी छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया