ईपीएलका लागि खेलाडी छनोट गर्न क्रिकेट प्रतियोगिता
काठमाडौँ – ललितपुर प्याट्रियट्स इन्टरनेशनले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि खेलाडी छनोट गर्ने उदेश्यले शनिबारबाट प्याट्रियट्स कप इन्टर कलेज क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
ललितपुर प्याट्रियट्सले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता वैशाख १६ गतेसम्म मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ । ललितपुर प्याट्रियट्सका प्रमुख कार्यकारी अधिकृत निरज कोइरालाले ईपीएलका लागि यस प्रतियोगिताबाट दुई खेलाडी छनोट गरिने जनाए । उनले युवा खेलाडीहरुलाई प्रोत्साहन तथा अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
लिग कप नकआउटको आधारमा हुने टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा एफेक्स कलेज, ब्लूबर्ड कलेज, मोर्गन इटरनेश्नल कलेज र गोेल्डेन गेट कलेज रहेका छन् । त्यस्तै समूह ‘बी’ मा हिमालयन ह्वाइट हाउस कलेज, टेक्सस इन्टरनेश्नल कलेज, एड्भान्स कलेज र ओमेगा कलेज रहेका छन् ।
लिग खेलपछि दुबै समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता दुई टोली फाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले एक लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उप–विजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार, वेस्ट बलर र वेस्ट ब्याट्सम्यानले समान १५ हजार पाउने छन् । हरेक खेलको ‘म्यान अफ द म्याच’ले दुई हजार पाउने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया