कीर्गिस्तानको फरवाटरसँग नेपाल पराजित
काठमाडौँ – एएफसी फुटसल एसिया कप छनोट खेल्ने कीर्गिस्तान पुगेको नेपाली राष्ट्रिय फुटसल टोली अभ्यास खेलमा कीर्गिस्तानको फवाटर एफसीसँग पराजय भोगेको छ । कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा भएको खेलमा नेपाल कीर्गिस्तानको फुटसल लिग च्याम्पियन फरवाटरसँग २–० गोलअन्तरले पराजित भएको हो ।
खेलको २० औँ मिनेटमा कीर्गिस्तानी टोलीले अग्रता बनाएको थियो । नेपालले दोस्रो हाफमा समेत एक गोल खान पुग्यो । ४३ औँ मिनेटमा फरवाटरले काउन्टरमा दोस्रो गोल गर्यो ।
नेपालले दोस्रो हाफमा दवाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो । त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले मान्यता दिएनन् ।
फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुबै टोलीले राम्रो खेलको भए पनि खेलमा आफूहरु भाग्यमानी रहेको प्रतिक्रिया दिए । नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए ।
’अघिल्लो खेलमा भन्दा राम्रो भएको छ । पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं । मौकाहरु धेरै बनाउन सक्यो । १३–१४ वटा टार्गेटमा सट प्रहार गरेपनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहो¥यौं,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया