भृकुटीमण्डपमा शनिबार अन्तर्राष्ट्रिय रेस्लिङ हुने
काठमाडौँ – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटीमण्डपमा हुने छ । रेस्लिङमा नेपालसहित अमेरिका, भारत र पाकिस्तानका रेस्लरको सहभागिता रहने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले बताइन् ।
नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनीषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्ने छन् ।
अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र अस्सासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्नेछन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्ने छन् । चैते दशैं तथा नयाँ वर्षको अवसरमा प्रतियोगिता हुन लागेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया