खेलकुद

एएफसी फुटसल छनोटमा कम्तिमा एक खेल जित्ने नेपालको लक्ष्य

इकागज |
चैत २६, २०७८ शनिबार १२:५ बजे

काठमाडौँ – नेपाली फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत कम्तिमा एक खेल जित्ने लक्ष्य रहेको बताएका छन् । सेन्ट्रल एण्ड साउद जोन अन्तर्गतको छनोट आइतबारबाट कीर्गिस्तानमा सुरु हुदैछ र नेपालले आफ्नो पहिलो खेल आइतबार नै उज्वेकिस्तानविरुद्ध खेल्नेछ । 

छनोट अन्तर्गत नेपाल समूह बी मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै रहेको छ । छनोट खेल अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक बस्नेतले कम्तिमा एक खेल जित्ने लक्ष्य रहेको बताए । ‘कम्तिमा एक खेल जित्ने अपेक्षा रहेको छ,’ बस्नेतले भने । 


उनले पहिलो खेलमा उज्वेकिस्तानलाई जित हात पार्ने वा बराबरीमा रोक्ने लक्ष्य रहेको समेत जनाए । ‘हामीले पहिलो पनि उज्वेकिस्तानविरुद्ध खेलिसकेका छौ र उनीहरुको खेलको विश्लेषण गरेका छौ । उनीहरुमाथि जित वा बराबरीको नतिजा निकाल्ने छौ,’ उनले थपे । 

प्रशिक्षक बस्नेतले नेपाल फुटबल संघको टेक्निकल समस्याका कारण केवल दुई महिनाको तयारी गर्ने अवसर प्राप्त गरेको बताए । 

छनोट अन्तर्गत नेपालले दोस्रो खेल ताजिकिस्तानविरुद्ध अप्रिल ११ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध अप्रिल १२ मा खेल्ने तालिका रहेको छ । सबै खेल कीर्गिस्तानको बिसकेकमा रहेको गाजप्रोम स्पोर्टस कम्पलेक्समा हुनेछन् ।

नेपाली फुटसल टिमः

अनिश श्रेष्ठ, विश्वास पौडेल, आदिल हमिद, विजय श्रेष्ठ, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, कृजल खड्का, मनी कुमार लामा, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरुज गुरुङ र उर्केन जाङ्बु शेर्पा ।
 


Author

थप समाचार
x