खेलकुद

चहललाई १५ तल्लामाथि झुन्ड्याउनेलाई कारबाही गर्नुपर्छ : शास्त्री

इकागज |
चैत २६, २०७८ शनिबार १५:१९ बजे

काठमाडौँ – पूर्व भारतीय क्रिकेटर तथा प्रशिक्षक रवि शास्त्रीले स्पीनर युजवेन्द्र चहलमाथि भएको घटनाका दोषीलाई क्रिकेटबाट आजीवन प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका छन् ।

सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा आफूलाई होटलको १५ तल्लाको बाल्कोनीबाट झुन्ड्याइएको चहलले खुलासा गरेपछि शास्त्रीले यस्ता घटनाका दोषीलाई आजीवन प्रतिबन्ध लगाउनुपर्ने बताए । उनले अहिलेको समयमा यस्ता घटना भए आजीवन प्रतिवन्ध लगाउनुका साथै तत्काल सुधार केन्द्रमा पठाइनुपर्ने उल्लेख गरे ।


राजस्थान रोयल्सका बलर चहलले मदिराले मात्तिएका एक क्रिकेट खेलाडीले आफूलाई १५ तल्लामाथिबाट झुन्ड्याएको खुलासा गरेका हुन् । त्यतिबेला चहल मुम्बई इन्डियन्समा आवद्ध रहेका थिए । 

चहलको खुलासापछि उनका सामर्थकहरुले दोषीमाथि कडा कारवाही हुनुपर्ने माग गरेका छन् । चहलले अन्य मानिसहरु आएर आफूलाई बचाएको समेत बताएका थिए । 
 


Author

थप समाचार
x