खेलकुद

अलमुताइरी भन्छन् - नेपाललाई एसिया कपमा छनोट गराउने प्रतिबद्धता गर्न सक्दिन

इकागज |
चैत २६, २०७८ शनिबार १६:२० बजे

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई एसिया कपमा छनोट गराउने प्रतिबद्धता गर्न नसक्ने बताएका छन् ।अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाललाई एसिया कपमा छनोट गराउने प्रतिबद्धता गर्न नसक्ने बताए । 

तर उनले टिमका खेलाडीहरुमाथि सबैजना गर्ववान्वित हुने कुराको प्रतिबद्धता जनाउन सक्ने बताए । 


‘हाम्रो लक्ष्य सपना र आशा भन्दा ठूलो छ, हाम्रो लक्ष्य नेपाललाई एसियाली फुटबलको नक्सामा राख्नु हो र यसका लागि समय र धैर्यता चाहिन्छ,’ अलमुताइरीले भने । 

नेपालले कुवेतमा हुने एएफसी एसिया कप २०२३ को छनोट खेल्ने तालिका रहेको छ । छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले जुन ८ मा जोर्डनविरुद्ध पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्नेछ । 

छनोटका लागि प्रशिक्षक अलमुताइरीले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछन् । बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी छनोटमा परेका छन् । यसैबीच प्रशिक्षक अलमुताइरीले छनोट अघि ३ वा ४ वटा मैत्रीपूर्ण खेल खेल्न सक्ने बताएका छन् ।
 


Author

थप समाचार
x