खेलकुद

एएफसी फुटसल छनोटको पहिलो खेलमा नेपाल पराजित

इकागज |
चैत २७, २०७८ आइतबार १२:२७ बजे

काठमाडौँ – एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमै पराजित भएको छ । कीर्गिस्तानको बिसकेकस्थित गाजप्रोम स्पोर्टस कम्पलेक्समा भएको खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध पराजित भएको हो । उज्वेकिस्तानले नेपाललाई ५–१ ले पराजित गर्यो । 

उज्वेकिस्तानका लागि रोपिएभ इख्तियोरले दुई गोल गर्दा उसमोनोभ अकबर र खुसनिदिन निसोनोभ र इलमुरोदोभ अबोसले एक–एक गोल गरे । नेपालका लागि एकमात्र गोल रोशन छन्त्यालले गरे । 


पहिलो हाफमै खुसनिदिन निसोनोभले उज्वेकिस्तानलाई सुरुवाती अग्रता दिलाए । उसमोनोभ अकबरले उज्वेकिस्तानको अग्रता दोब्बर बनाउदा रोपिएभ इख्तियोरले उज्वेकिस्तानका लागि तेस्रो गोल गरे । 

दोस्रो हाफमा नेपालका रोशन छन्त्यालले एक गोल फर्काए । तर रोपिएभ इख्तियोर र इलमुरोदोभ अबोसले नेपालविरुद्ध थप एक–एक गोल गरे ।  

छनोट अन्तर्गत नेपाल समूह बी मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै रहेको छ । छनोट अन्तर्गत नेपालले दोस्रो खेल ताजिकिस्तानविरुद्ध अप्रिल ११ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध अप्रिल १२ मा खेल्ने तालिका रहेको छ । 
 


Author

थप समाचार
x